बिहिबार सुनको मूल्य स्थिर



काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य स्थिर छ ।

बुधबार सुन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज पनि सुन सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य १५ रुपैयाँ घटेर दुई हजार ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : चैत्र ७, २०८१ बिहीबार  १२ : ४५ बजे