लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणको तत्काल तयारी छैन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको चुच्चे नक्शामा समेटिएको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको भ्रमणमा तत्काल जाने योजना नबनेको र पछि जान सकिने बताएका छन् ।

बिहीबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राप्रपा सांसद बुद्धिमान तामाङले ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणमा प्रधानमन्त्रीज्यू कहिले जानुहुन्छ ? भ्रमणको कुनै कार्यक्रम बनेको छ कि छैन ?,’ भनेर प्रश्न गरेका थिए ।

प्रधानमन्त्री ओलीले भने,‘हामी सबैलाई थाहा छ, ईश्वी सन १९६२ सम्म हाल नेपालको नक्शा, जुन हामीले बनाएका छौं । हाम्रो संसदले सर्वसम्मतीले त्यसलाई संविधानको अंगपनि बनाएको छ । स्विकारेको छ । त्यो नै यथार्थ हो । यो कुरा १९६२ सम्म त्यो भूभाग नेपालकै अधिनमा थियो । र, नेपालको नक्शा पनि तदअनुसार नै थियो । तदअनुसार जस्तो अहिलेको नक्शा, त्यही बमोजिम नै थियो १९६२ अघिपनि । त्यसपछि नेपालको नक्शा किन फेरियो ? कसले फेर्यो ? कसको सरकार थियो ? कसको व्यवस्था थियो ? कसको व्यवस्था थियो ? माननीयजीलाई याद होला भन्ने यसो म याद गर्छु ।’

प्रकाशित मिति : चैत्र ७, २०८१ बिहीबार  २ : ११ बजे