काठमाडौं । साताको अन्तिम कारोबारको दिन पनि सेयर बजार १२.३८ अंक घटेको छ । साताको सुरुवातदेखि नै आरोलो लागेको बजार बिहीबार पनि कायम रह्यो । १२.३८ अंक घटेर बजार मापक २६६९.७६ विन्दुमा पूगेको हो ।
अघिल्लो दिन ५ अर्ब १४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५६ करोडको सेयर कारोबार भएको छ ।
व्यापार सेक्टर मात्रै बढेको छ । सो सेक्टर ०.२६ प्रतिशत बढ्यो ।फाइनान्स सेक्टर सबैभन्दा धेरै १.२६ प्रतिशत घट्यो । बैंकिङ ०.४८, विकास बैंक ०.१८, होटल तथा पर्यटन ०.४८, हाइड्रोपावर ०.६९, लगानी ०.२२, जीवन बीमा ०.०४, उत्पादन ०.७०, माइक्रोफाइनान्स ०.६६, निर्जीवन बीमा ०.८९ तथा अन्य ०.५९ प्रतिशत घटे ।
यस दिन ६२ कम्पनीको सेयर मूल्य बढ्दा १७५ कम्पनीको सेयर मूल्य घटेको छ भने सात कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।










