पद्मकन्यामा नेविसंघकि बिद्रोही उम्मेदवार भुपि ऐर बिजयि



काठमाडौं । पद्मकन्या क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा स्वतन्त्र नेविसंघकि भुपी ऐरले जितेकि छन् ।

क्याम्पसको अध्यक्ष पदमा नेविसंघकि बिद्रोही उम्मेदवार भुपेश्वरी ऐर ७३० मतका साथ विजयी भएकी हुन् ।

उनकी निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघकी पूर्णिमाया परियारले ३७९ मत पाएकी छन् ।

सचिवमा सन्ध्या बस्याल ६९५ मतसहित विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी नेविसंघकै विपना न्यौपानेले ३६१ मत पाएकी छन् । कोषाध्यक्ष संकल्पिका थापा ६६६ मत ल्याएर विजयी हुँदा नेविसंघी चाँदनी शाह ४०५ मत ल्याएर पराजित भएकी छन् ।

त्यसैगरी सदस्यमा उर्वशी पाण्डे, चेतना नहर्की, अस्मिता वि।क, स्वस्तिका विष्ट, आशु चौधरी, आकृति पाण्डे, निशा कार्की र यनसु कटवाल विजयी भएका हुन् । प्रमुख पद र सदस्यमा निर्वाचित सबै स्वतन्त्र उम्मेदवार हुन् ।

चैत ७ गते भएको निर्वाचनको परिणाम आयोगले गएराति सार्वजनिक गरेको हो । पद्मकन्या क्याम्पसमा नेविसंघ एक्लै चुनावमा सहभागी हुँदा एमाले र मओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले गठबन्धन गरेका थिए ।

प्रकाशित मिति : चैत्र ८, २०८१ शुक्रबार  ९ : ०६ बजे