काठमाडौं । सिराहा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल गृह मन्त्रालय तानिएका छन् ।
शुक्रबार बिहान मन्त्रालयले दाहाललाई मन्त्रालय तानेर उनको स्थानमा कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।
औरही गाउँपालिका वडा नम्बर ५ मा दीपक मल्लिकको घर भत्काइएको घटनामा हेलचक्र्याइँ गरेको भन्दै दाहाललाई मन्त्रालय तानेको मन्त्रालय स्रोतले जनाएको छ।
गाउँमा चैत १७ गतेदेखि महायज्ञ हुन लागेको छ। उनीहरूको घर भत्काइएकै ठाउँमा महायज्ञ गर्न लागेपछि यसबारे सर्वत्र विरोध भइरहेको हो।
दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखक प्रहरीलाई निर्देशन समेत दिएका छन् ।














