सोमबार सेयर बजार ३०.५२ अंकले बढेर २५४५.२० विन्दुमा



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार ‘नेप्से परिसूचक’ ३०.५२ अंकले बढेर २५४५.२० विन्दुमा पूगेको छ ।

यस दिन चार अर्ब ४८ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यस दिन सबै सेक्टरका सूचक बढेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.७५ प्रतिशत बढ्यो । बैंकिङ ०.९२, विकास बैंक ०.७८, होटल तथा पर्यटन १.१६, हाइड्रोपावर १.००, लगानी ०.९५, जीवन बीमा १.६४, उत्पादन ०.८०, माइक्रोफाइनान्स ०.९०, निर्जीवन बीमा ०.६१, अन्य १.९१ तथा व्यापार १.५५ प्रतिशत बढे ।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ९.२९ प्रतिशत बढ्यो । पोखरा फाइनान्सको ७.४७, समृद्धि फाइनान्सको ६.३०, स्वेतगंगा हाइड्रोपावरको ५.६४ तथा रिलायन्स फाइनान्सको ५.२२ प्रतिशत बढ्यो ।

आज २१० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ३३ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति : चैत्र ११, २०८१ सोमबार  ३ : ३९ बजे