काठमाडौं । विपक्षीको अवरोधपछि आधा घण्टाका लागि संसद् बैठक रोकिएको छ ।
काठमाडौं । प्रतिपक्षमा रहेका राजनीतिक दलको अवरोधपछि प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो ।
नेपाल विद्यूत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा उनीहरुले विरोध गर्दै प्रधानमन्त्रीको धारणा माग गरेका छन् ।
बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरु उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले विपक्षी दलहरुको तर्फबाट माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिएका थिए ।
उनले सरकारले कुलमान घिसिङलाई हटाएको विषयमा आपत्ति जनाउँदै सरकारको जवाफ मागे । कुलमानलाई हटाईएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ नदिएसम्म सदन चल्न नदिने घोषणा गर्दै बस्नेतले आफ्नो अभिव्यक्ति टुँग्याएका थिए ।














