काठमाडौं । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सारिएको छ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी २ बजे बस्ने गरी सारिएको हो ।
प्रतिपक्षले अवरोध गर्दा बुधबार पनि बैठक स्थगित गरिएको थियो ।
प्रतिपक्षले नेपाल विद्यूत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनुको कारणबारे सरकारले जवाफ दिनुपर्ने अडान छाडेको छैन ।














