संसद बैठक आज पनि अनिश्चित



काठमाडौँ । प्रतिपक्षीको अवरोधका कारण चल्न नसकेको संसद् बैठक खुलाउन दुई घण्टा बढीदेखि दलहरूबीच छलफल भए पनि सहमति हुन सकेको छैन।

आज बिहान ११ बजेका लागि बैठकको समय तोकिएको थियो।

प्रतिपक्षदलहरूले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विरोधमा संसद् बैठक चल्न दिएका छैनन्।

संसद् खुलाउने विषयमा दलका प्रमुख सचेकहरूसँग सभामुख देवराज घिमिरेले बिहान साढे १० बजे अघिदेखि छलफल गरिरहेका छन्।तर छलफल सहमति नहुँदा संसद् बैठक चल्न सकेको छैन।

प्रकाशित मिति : चैत्र १५, २०८१ शुक्रबार  १२ : ५५ बजे