राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार



काठमाडौं । प्रहरीले तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार गरेको छ ।

राजावादीहरू निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

अश्रुग्यास प्रहार गरेपछि सहभागीहरुको भागाभाग भएको छ ।

सभाका लागि विभिन्न ठाउँबाट राजाका समर्थकहरु भेला हुन क्रम जारी थियो ।

प्रकाशित मिति : चैत्र १५, २०८१ शुक्रबार  १ : ३९ बजे