प्रतिनिधिसभा बैठक आइतबारसम्मलाई स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

विपक्षी दलहरूसँग सहमति जुट्न नसकेपछि सभामुख देवराज घिमिरेले आइतबार (चैत १७ गते) बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

सभामुखको सचिवालयका अनुसार अब आइतबार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

आजै सभामुख घिमिरले संसद् भवनमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।

सभामुख घिमिरेले संसद्को अवरोध हटाउनका लागि प्रमुख दलहरूसँग कुराकानी गरेपनि सहमति नजुटेकाले बैठक आइतबारलाई सारेका हुन् ।

प्रकाशित मिति : चैत्र १५, २०८१ शुक्रबार  २ : १२ बजे