काठमाडौँ । स्थानिय बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकड बनाएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको हो ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको थियो । जुन दिनको तुलनामा आइतबार ६०० रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार चाँदीको मूल्य १५ रुपैयाँ घटेर तोलामा २ हजार २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।










