कुलमान र हितेन्द्रको रिटमा आज तेस्रो दिनको सुनुवाइ हुँदै



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा आज तेस्रो दिनको सुनुवाइ हुँदैछ ।

गत मंगलबार र बुधबार हेर्दाहेर्दैमा राािखएको सो मुद्दा आज लगातार तेस्रो दिन सुनुवाइ हुन लागेको हो ।

न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले दुवैका रिटमाथि सुनुवाइ गत मंगलबारदेखि सुनुवाइ गरिराखेको छ ।

आज सरकारी वकिल र हितेन्द्रका कानुन व्यवसायीहरूले बहस गर्नेछन् ।

प्रकाशित मिति : चैत्र २१, २०८१ बिहीबार  १० : ४८ बजे