काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको हो ।
‘विधेयक संसदमा पेश हुने, छलफल हुने र स्वीकृत हुने विधायकी प्रकृयाका सम्वन्धमा निश्चित कानूनी बन्दोबस्त रहेका छन् र सबैलाई यसको जानकारी पनि छ । तथापि, शिक्षक समुदायसँग विगतझैं फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न नेपाल सरकार हमेशा तयार रहेकाले यसका लागि शिक्षक तथा कर्मचारीका प्रतिनिधिहरुलाई मन्त्रालयमा हार्दिक स्वागत गर्दछौं, ’– मन्त्रालयका प्रवक्ता एवम् सहसचिव शिवकुमार सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।










