काठमाडौं । काठमाडौंमा जारि शिक्षकहरुको आन्दोलनलाई नेपाली काङ्ग्रेस सोलुखुम्बुका युवानेतहरुले समर्थन जनाएका छन ।
सोलुखुम्बुबाट आन्दोलनमा सहभागी हुन काठमाडौं आएका शिक्षकहरुको उपस्थितिमा एक कार्यक्रम आयोजना गरि उनिहरुहरुले शिक्षकहरुको आन्दोलनप्रति समर्थन जनाएका हुन् ।
कार्यक्रममा नेपाली काङ्ग्रेस सोलुखुम्बुका प्रशिक्षण विभाग प्रमुख दाबागेलु पाख्रिन, नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि नवीन थापा र नेवि संघका केन्द्रीय सदस्य बाबुराम आचार्य लगायतले शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता जनाए ।
प्रक्षिक्षण विभाग प्रमुख दाबागेलु पाख्रिनले शिक्षकहरुका माग समयमै पूरा गर्न सरकारलाइ सुझाब दिए ।उनले शिक्षकहरुरुलाइ निजामती कर्मचारी सरह सेवा सुविधा दिनुपर्ने बताए ।
त्यस्तै महाधिवेशन प्रतिनिधि नवीन थापाले पटक पटकको आन्दोलनले शिक्षा क्षेत्रलाइ हानी गरेको भन्दै सरकारले दिगो समाधान खोज्नुपर्ने बताए ।
कार्यक्रम बोल्दै नेवि संघका केन्द्रीय सदस्य बाबुराम आचार्यले शिक्षकको आन्दोलनप्रति नेवि संघको समर्थन रहेको जानकारी गराए ।
तेस्तै शिक्षक महासंघ सोलुका अध्यक्ष जनक थापा, शिक्षक संघका अध्यक्ष मदन राई, शिक्षक संगठनका अध्यक्ष खिलक कार्कि राष्ट्रिय शीक्षक संगठनका रोलकुमार वस्नेत, आन्दोलन परिचालन समिति सोलुखुम्बु संयोजक प्रकाश राई लगायतले नेपाली काङ्ग्रेसले शिक्षक आन्दोलनलाइ समर्थन गरेकोमा धन्यबाद दिए ।









