काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले अपेक्षाकृत काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।
मंगलबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
महामन्त्री थापाले भने, “सरकारको गति नै भएन । ट्याक्टरको गतिमा गयो । तन्नेरी मानिसले अहिले दैनिक परिवर्तन खोजिरहेका छन् । एमालेसँग मिलेर सरकारमा गएपछि सरकारमा पनि तुरुन्त काम गर्न सक्छौँ । गभर्नेन्समा खास सुधार गर्छौं भनेको थिएँ । तर अहिले त्यस्तो देखिएन । सुरुको चरणमा जोतिएर काम गरेको पनि हुँ । देशमा दैनिक माहोल बनाउन युद्धस्तरमा काम गर्नुपर्ने थियो । कता कता जोश र उत्साह नेतृत्वबाट भएन । हामी कसरी चिर्ने भन्ने अलमलमा छौं । कुनै राजनीतिक विकल्प खोज्ने अवस्थामा भने छैनौँ ।”
सरकारले काम गर्न नसक्दा पार्टीको तल्लो तहको समर्थकमा पनि निराशा छाउने अवस्था आएकोे बताए ।














