सुमना श्रेष्ठले दिइन् रास्वपा सह-महामन्त्रीबाट राजीनामा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्रीबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन् ।

प्रतिनिधि सभा सांसदसमेत रहेकी श्रेष्ठले पार्टी सहमहामन्त्री पदबाट केही समयअघि नै राजीनामा बुझाएको रास्वपा सचिवालयले जानकारी दिए।

सुमनाले यसअघि १७ चैतमा सहमहामन्त्रीबाट राजीनामा दिन खोजेको रास्वपा स्रोतले पुष्टि गर्‍यो । यो त्यही मिति हो, जुन दिन रवि लामिछाने पार्टी सभापतिको जिम्मेवारीमा फेरि फर्केका थिए । अहिले उनी सहकारी प्रकरणमा कारागारमा छन् ।

‘पार्टीको जिम्मेवारीमा भन्दा अहिले मेरो आवश्यकता विधायकी भूमिकामा छ भन्दै उहाँले सहमहामन्त्री पदबाट राजीनामा दिनुभएको हो,’ रास्वपा सदस्यले भने, ‘सदनमा रास्वपाको भूमिका पनि जति सक्रिय हुनुपर्ने हो त्यति नभएकोले म विधायकी भूमिकामा बढी सक्रिय हुन चाहन्छु।’

२०८० मंसिरमा जलेश्वरमा बसेको रास्वपाको बैठकले श्रेष्ठलाई सहमहामन्त्री बनाउने निर्णय गरेको थियो।

प्रकाशित मिति : बैशाख ४, २०८२ बिहीबार  १० : ५४ बजे