डा. गुणाकरविरुद्ध दायर रिट न्यायाधीश फुयाल र पाण्डेको इजलासमा



काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्धको रिट आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासमा परेको छ ।

गभर्नरको उमेरजन्य योग्यतामा गरिएको संशोधन कार्यान्वयन नगर्न परेको रिट र उक्त रिटमाथि डा. गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न मागसहितको पुनरावेदन निवेदनमाथि पेसी तोकिएको हो ।

अधिवक्तद्वयले गभर्नर नियुक्तिमा ६५ वर्षे हदम्याद हटाउने गरी मापदण्ड संशोधन गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले गत मंगलबार सो मापदण्ड तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

डा. गुणाकर भट्टविरुद्धको रिट र निवेदनको पेसी ४० औँ नम्बरमा परेको छ ।

प्रकाशित मिति : बैशाख ७, २०८२ आईतबार  १ : ०४ बजे