काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर बन्न डा.गुणाकर भट्टको योग्यता नै नपुगेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन सुनुवाइका लागि न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासमा पेशी तोकिएको छ ।
अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले गभर्नर डा।भट्टको योग्यता नपुग्ने दाबीसहित रिट दायर गरेका थिए ।
सरकारले गभर्नर बन्न ६५ वर्षे उमेरहद नलाग्ने गरी संशोधन गरेको गभर्नर नियुक्ति मापदण्डविरुद्ध अधिवक्ता विशाल थापाले रिट दायर गरेका थिए । उक्त रिटमा अन्तरिम आदेश भएर तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा आदेश जारी भएको थियो । यसबीचमा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका भट्टलाई गभर्नर बन्ने चर्चाकै भरमा विपक्षी बनाएर पूरक निवेदन परेको थियो ।
तीन दिनदेखि लगातार हेर्न नभ्याइनेमा परिरहेको उक्त रिट आज इजलासको ११औँ नम्बरमा छ ।














