‘प्रधानन्यायाधीशले पूर्वराजा भेटेको’ समाचारविरुद्धको मुद्दामा सुनुवाइ सकियो



काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेको भनी प्रकाशित समाचारविरुद्ध परेको अवहेलना मुद्दामा सुनुवाइ सकिएको छ।

न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा बुधबार यो मुद्दाको सुनुवाइ सकिएको हो।

सर्वोच्चमा कार्यरत नायव सुब्बा कमला रेग्मी र कम्प्युटर असिस्टेन्ट रमेश बजगाईंले उक्त समाचार प्रकाशन गर्ने नेपाली पेन अनलाइन पत्रिकालाई विपक्षी बनाउँदै मङ्गलबार मुद्दा दायर गरेका थिए।

उक्त अनलाइनमा सोमबार ‘प्रधानन्यायाधीशले पूर्वराजालाई किन भेटेरु’ शीर्षकमा समाचार प्रकाशित भएको थियो। यद्यपि, उक्त समाचार हाल वेबसाइटबाट हटाइएको छ।

प्रकाशित मिति : बैशाख १०, २०८२ बुधबार  १ : १६ बजे