गगन थापाको प्रश्न : निजामती विधेयक टुंगो लगाउन काम गरिरहेको बेला कर्मचारीहरूले सहयोग गर्ने कि आन्दोलन ?



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय समितिले संघीय निजामती विधेयक टुंगो लगाउन प्रयास गरिरहेका बेला कर्मचारीहरूले आन्दोलनको घोषणा गर्नु सही नभएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री थापाले तत्काल आन्दोलन नथाल्न कर्मचारीहरूलाई आग्रह गरेका हुन् ।

महामन्त्री थापाले कर्मचारीहरूलाई वातावरण नबिथोल्न आग्रह गरे । उनले भने, ‘संसदीय समितिले मेहनतका साथ काम गरिरहेको बेलामा यसका सरोकारवाला पक्षहरुले पनि विधेयकको मान राखिदिनुपर्छ । हामी यहाँ बस्दैगर्दा जसरी आफूहरू आन्दोलनमा जाने भन्ने विषयहरू आएका छन् । यसलाई तुरुन्त रोक्नको लागि पनि म आग्रह गर्छु । यसलाई पुनर्विचार गर्नको लागि पनि म आग्रह गर्छु ।’

आफ्ना मागहरू सम्बोधन गर्दै ७२ घण्टाभित्र विधेयक पास गर्न अल्टिमेटमसहित निजामती कर्मचारीहरूले आन्दोलनको तयारी गरेका छन् ।

प्रकाशित मिति : बैशाख १०, २०८२ बुधबार  ५ : ३३ बजे