सरकारले आन्दोलनरत शिक्षकहरूलाई फेरि वार्तामा बोलायो



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलाएका छन् ।

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित आन्दोलन गर्दै आएका शिक्षकहरूको आन्दोलनप्रति ध्यानाकषर्ण भएको जनाउँदै वार्ताका लागि बोलाएका हुन् ।

उनले एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलाएका हुन् ।

विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘शिक्षकहरुसँग विगतमा झै निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट हार्दिक आहान गर्दछु ।’

प्रकाशित मिति : बैशाख १२, २०८२ शुक्रबार  २ : २४ बजे