काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर आन्दोलनमा रहेका शिक्षकहरूलाई नधम्क्याउन स्थानीय तहहरूलाई नेपाल शिक्षक महासंघले आग्रह गरेको छ।
काठमाडौँकेन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूलाई महासंघले शनिवार विज्ञप्ति जारी गर्दै नधम्क्याउन आग्रह गरेको हो।
विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलनमा सहभागी भएका थुप्रै प्रधानाध्यापक शिक्षक र कर्मचारी साथीलाई धम्काउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिने जस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना आइरहेका छन् । संविधान प्रदत्त सामूहिक सौदाबाजीको अधिकार उपयोगप्रति सम्मान गरी यस्ता कार्य नगर्न नगराउन सबै स्थानीय तहहरूलाई आग्रह गर्दे यो परिस्थितिबाट विचलित नहुन सबै शिक्षक(कर्मचारी साथीहरूमा अनुरोध गर्दछौँ ।’
महासंघको अगुवाइमा काठमाडौंमा शिक्षकको सडक आन्दोलन जारी छ ।















