काठमाडौं । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनलाई रक्सी चोरेको आरोपमा सहमहामन्त्रीका छोरा पक्राउ परेको विषय प्रमाणित गर्न चुनौती दिएका छन् ।
गत चैत १५ गते तीनकुनेमा भएको घटनाका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट रक्सीको बोतल चोर्ने कुन सहमहामन्त्रीको छोरा हो त्यो प्रमाणित गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिएका हून् ।
उनले भने, ‘कुन चाहि सहमहामन्त्रीको कुन चाहि छोराले रक्सीको बोत्तल बोकेर हिँड्नुभएको हो त्यो प्रमाण पेस गर्नुपर्छ । होइन भन्ने उहाँको भनाइ रेकर्डबाट हटाउनुपर्छ ।’
शुक्रबार संसद् बैठकमा लिङदेनले कांग्रेस सहमहामन्त्रीको छोरालाई चैत १५ गतेको घटनामा पक्राउ गरेर छाडिएको बताएका थिए ।









