सांसद माया राई पक्राउ परेको सूचना संसद्‌मा सुनाइयो



काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउको सूचना संसद्‌मा सुनाइएको छ ।

जिल्ला प्रहरी परिसर अपराध अनुसन्धान तथा कारबाही शाखाले सङ्घीय संसद् सचिवालयलाई पत्र लेख्दै पक्राउ गरिएकोबारे जानकारी गराएको हो।

राईलाई गएराति काठमाडौँको कपनमा रहेको निवासबाटै प्रहरीले पक्राउ गरेको हो।

आइतबार प्रतिनिधिसभा बैठकमा उपसभामुख इन्दिरा रानाले राई पक्राउको सूचना पढेर सुनाएकी हुन् ।

प्रकाशित मिति : बैशाख १४, २०८२ आईतबार  २ : ०९ बजे