विपक्षी दलले दर्ता गराए सार्वजनिक महत्त्वको प्रस्ताव



काठमाडौं । शिक्षकका माग सम्बोधनका लागि विपक्षी दलहरूले संसद्‌मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यस्तो प्रस्ताव दर्ता गराएका हुन् ।

उनीहरुले विगतमा सरकार र महासंघबीच भएका सम्झौताहरु कार्यान्वयनका लागि भइरहेको शिक्षकहरुको आन्दोलनप्रति आफूहरुको गम्भीर ध्यानाकार्षण भएको बताएका छन् । समग्र शिक्षा क्षेत्रको उन्नयनका लागि महत्वपूर्ण मागहरु राखी स्थानीय तह, प्रदेश र राजनीतिक दलका केन्द्रीय कार्यालयहरु हुँदै शिक्षा तथा मानवश्रोत विकास केन्द्रमा रिले अनशन पश्चात् काठमाडौं केन्द्रित शिक्षक आन्दोलनप्रति सरकारको कुनै पनि गम्भीर्यता प्रतिपक्षी पाँच दलको निष्कर्ष छ । प्रतिपक्षी दलहरुले विद्यालय शिक्षा जस्तो महत्वपूर्ण विषयप्रति सरकारको वेवास्तालाई ‘गैह्रजिम्मेवारपूर्ण व्यवहारको द्योतक’ भनेका छन् ।

सरकार र नेपाल शिक्षक महासंघसँगबीच गरिएका सम्झौता कार्यान्वयन गराउन, सार्वजनिक विद्यालयलाई गुणस्तरीय बनाउन, लाखौँ विद्यार्थीको पठनपाठन सुचारु गर्न, गराउन, निर्धारित समयमा परीक्षा सञ्चालन गर्नका लागि छलफल आवश्यक रहेको प्रस्तावमा उल्लेख छ ।

प्रकाशित मिति : बैशाख १५, २०८२ सोमबार  २ : २९ बजे