काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम वैशाख १९ गते सरकारले ल्याउने भएको छ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले वैशाख १९ गते संघीय सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी गराए।
सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ।
आगामी १९ वैशाखमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्नेछ ।









