किट विश्वविद्यालयमा नेपाली छात्रा मृत फेला, अनुसन्धान अघि बढ्यो



काठमाडौं– भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) किट विश्वविद्यालयमा फेरि अर्की नेपाली विद्यार्थी मृत फेला परेकी छन्।

उक्त विश्वविद्यालयको प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगञ्जकी प्रिसा साह बिहीबार साँझ फेला परेकी हुन्। उनको शव कलेज होस्टेलमा फेला परेको थियो।

गत ४ फागुनमा यही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन्।
उनी प्रथम वर्षको परीक्षा दिनका लागि विश्वविद्यालयको होस्टेलमै बस्दै आएकी थिइन् । प्रकृति लम्साल बस्दै आएको होस्टेलमै उनी पनि बस्दै आएकी थिइन्। परीक्षा सकिएसँगै अन्य कक्षाका विद्यार्थीहरू घर गइसकेका थिए।

प्रथम वर्षका विद्यार्थीहरू त्यही बस्दै आएको ती विद्यार्थीको भनाइ छ । उनले के कति कारणले आत्महत्या गरेको भन्ने विषयमा खुलिनसकेको ती विद्यार्थीको भनाइ छ । उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ।

लगातार दुई नेपाली छात्राको मृत्यु भए पछि भारतको विद्यार्थी सङ्गठन अखिल भारतीय विद्या परिषद् ९एबीभीपी०ले दोषीलाई कारबाही गर्न माग गरेको छ।

एबीभीपी विज्ञप्ति जारी गर्दै केआईआईटीमा पुनः नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु लज्जास्पद भएको बताएको छ। एकै प्रकृतिको घटना बारम्बार हुँदा पनि राज्य सरकार मौन रहेको भन्दै एबीभीपीले केआईआईटीविरूद्ध तत्काल कडा कारबाही गर्न माग गरेको छ।
यसैबीच, भारतीय समाचार माध्यमहरुका अनुसार नेपाली छात्रा मृत भेटिएको घटनामा त्यहाँको प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।

बिहीबार बेलुकी करिब ८ बजे नेपाली विद्यार्थी प्रिशा साह विश्वविद्यालयकै छात्रावासको कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।

भूवनेश्वर प्रहरी कमिश्नर एस। देवदत्ता सिंहले घटनाको जानकारी प्राप्त हुनासाथ विश्वविद्यालयमा प्रहरी पुगेको बताएका छन्।

घटनास्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै कमिश्नर सिंहले फरेन्सिक टिमसहित पुगेको प्रहरीले प्रिशा मृत भेटिएको कोठामा प्रारम्भिक अनुसन्धान गरी शव पोस्टमर्टमका लागि पठाइएको बताएका छन्।

यस घटनामा अप्राकृतिक मृत्युसम्बन्धी मामला दर्ता गरी थप अनुसन्धान भइरहेको उनले बताएका छन्।

सिंहका अनुसार बिहीबार बेलुकी ७ बजेतिर हाजिर गर्ने समयमा प्रिशा अनुपस्थित रहेपछि उनको खोजी भएको थियो।

‘खोज्दै जाँदा आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएको भन्ने सूचना थियो,’ उनले भनेका छन्।
घटनाबारे दूतावाससँग बिहीबार नै कुराकानी भएको र दूतावासको सहयोगमा प्रिशाका परिवारलाई बोलाइएको उनले बताएका छन्। उनको परिवार पुगेपछि मात्रै पोस्टमर्टमको प्रक्रिया अगाडि बढाइने कमिश्नर सिंहले बताएका छन्।

क्याम्पसमा सबैले घटनाको अनुसन्धानमा सहयोग गरिरहेको उनले बताएका छन्।

प्रिशा बिटेक पहिलो वर्षमा अध्ययनरत थिइन्।

उनी मृत भेटिएको घटनापछि परराष्ट्रमन्त्री आरजु राणा देउवाले सत्य तथ्य छानबिनका लागि कूटनीतिक पहल थालिएको बताएकी छन्।

भारतका लागि नेपाली राजदूत डा। शंकरप्रसाद शर्माले पनि घटनाको अनुसन्धानका लागि उडिसा सरकार, प्रहरी र विश्वविद्यालयसँग समन्वय गरिरहेको जानकारी दिएका छन्।

प्रकाशित मिति : बैशाख १९, २०८२ शुक्रबार  १० : २० बजे