रवि लामिछानेले निवेदन सच्याउन माग गर्दै सर्वोच्चमा दिए अर्को निवेदन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नै निवेदन सच्याउन माग गर्दै अर्को निवेदन दर्ता गराएका छन् ।

गएको वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता गराएकी हुन् ।

पहिलो निवेदनमा विपक्षी बनाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुनुपर्नेमा ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालय’ उल्लेख भएकाले म्याद बुझाउन अप्ठ्यारो परेको थियो ।

त्यो त्रुटि सच्याएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बनाउन माग गर्दै अर्को निवेदन दिइएको लामिछानेका वकिल एवं अधिवक्ता डा. नारायण कँडेलले जानकारी दिए ।

प्रकाशित मिति : बैशाख २१, २०८२ आईतबार  १२ : ३० बजे