काठमाडौं । वैशाख १५ र १७ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक भएको छ ।
आज आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले दुई दिन बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गरेको हो ।
वैशाख १५ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय यसप्रकार छन् :
१. सम्माननीय राष्ट्रपति समक्ष संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई संवत् २०८२ साल वैशाख १९ गते शुक्रबारका दिन १५ः०० बजे सम्बोधन हुन र त्यसका लागि संघीय संसदका माननीय सदस्यहरूको उपस्थिति आह्वान गर्न अनुरोध गर्ने,
२. २०८२ जेठ ६ गतेदेखि ९ गतेसम्म अजरबैजानको बाकुमा आयोजना हुने ६तज एभिलबचथ :सहभागी हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त डा. हरि पौडेललाई स्वीकृति प्रदान गर्ने,
३. २०८२ जेठ १३ गतेदेखि १७ गतेसम्म जापानको पदाधिकारीहरूसँगको छलफल कार्यक्रममा सहभागी हुन राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक श्री हुतराज थापा र अतिरिक्त मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीलाई स्वीकृति दिने,
४. एसियाली विकास बैंकको चार्टरको ब्चतष्अभि ज्ञद्द ‘ज्ञ’ मा उल्लिखित लगानीको सीमासम्बन्धी प्रावधान हटाउने प्रस्तावको पक्षमा मतदान गर्न माननीय अर्थमन्त्रीलाई स्वीकृति दिने,
५. जनकपुर चुरोट कारखाना लिमिटेड, गोरखकाली रबर उद्योग लिमिटेड, उदयपुर सिमेन्ट उद्योग लिमिटेड, हेटौंडा सिमेन्ट उद्योग लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड, बुटवल धागो कारखाना लिमिटेड र नेपाल ओरियण्ड म्याग्नेसाइट प्रा. लि. गरी ७ वटा प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न स्वीकृति प्रदान गर्ने,
६. रानी जमरा कुलरिया सिँचाइ आयोजना नहर निर्माण तथा विस्तारका लागि आवश्यक नहरको रेखाङ्कनमा पर्ने करिव २८९ हेक्टर क्षेत्रफल जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने,
७. ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मन्त्रालयअन्तर्गतको विद्युत विकास विभागको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने,
८. कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने,
९. नेपालको सर्वोच्च अदालत र बेलायतको सर्वोच्च अदालतविच हस्ताक्षर हुने स्वीकृत गर्ने र हस्ताक्षर गर्न अश्वितयारी दिने,
१०. २०८२ जेठ १९ गतेदेखि २३ गतेसम्म क्धष्तशभचबिलम को मा आयोजना हुने २०३० विषयक कार्यक्रममा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक श्री राजु अर्याललाई स्वीकृति प्रदान गर्ने,
११. प्रहरी नायव महानिरीक्षकहरू श्री चन्द्र कुवेर खापुङ, श्री लालमणी आचार्य, श्री कृष्णहरी शर्मा पोखरेल, श्री दान बहादुर कार्की, श्री राजन अधिकारी र डा. मनोज कुमार के.सी. लाई नेपाल प्रहरीको जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने,
१२. राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष पदमा अर्को व्यवस्था नभएसम्मका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिवलाई काम गर्न तोक्ने,
१३. स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तराष्ट्रिय श्रम सम्मेलनको ११३ औं सेसनमा २०८२ जेठ २५ गतेदेखि ३१ गतेसम्म माननीय मन्त्री शरतसिंह भण्डारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने,
१४. नेपाल इन्जिनियरिङ सेवातर्फका एकजना सहसचिवको राजिनामा स्वीकृत गर्ने र एकजना सहसचिवलाई पदस्थापन गर्ने,
१५.सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव र गृह मन्त्रालयका सचिवको वैदेशिक भ्रमण स्वीकृत गर्ने,
यस्तै, वैशाख १५ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय यसप्रकार छन् :
१ सम्माननीय राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई संवत् २०८२ साल वैशाख १९ गते शुक्रबारका दिन हुने सम्बोधन स्वीकृत गर्ने,
२. कर्णाली प्रदेशका माननीय प्रदेश प्रमुख यज्ञराज जोशी उपचारको लागि संयुक्त राज्य अमेरिका जानुहुने भएकोले उहाँको मिति २०८२ / २ / ५ । गतेदेखि २०८२/३/१३ गतेसम्मको विदा स्वीकृत गर्ने, उहाँको अनुपस्थितिमा उहाँले सम्पादन गर्दै आउनुभएको कार्य गर्न सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखलाई तोक्न सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गर्ने,
३. नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८१ / १२ / ११ गतेको निर्णय अनुसार गठित नेपाल राष्ट्र बैङ्कको रिक्त गभर्नर पदमा नाम सिफारिस समितिका सदस्य श्री विजयनाथ भट्टराईले राजीनामा दिनु भएकोले निजको सट्टा उक्त समितिमा पूर्व गभर्नरहरुमध्येबाट श्री महाप्रसाद अधिकारी सदस्य । रहने गरी सिफारिस समिति पुनर्गठन गर्ने,
४. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्भेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने,
५. नेपाली सेनाका एक जना सहायक रथीको उपरथी दर्जामा र दुई जना महासेनानीको सहायक रथी दर्जामा बढुवा गर्ने,
६. वन तथा वातावरण वन तथा वातावरण मन्त्रालयअन्तर्गत सुरक्षार्थ खटिएका करारमा कार्यरत सशस्त्र वन रक्षकलाई समेत पोशाक उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने,
७. मिति २०८२ जेठ ११ गतेदेखि १३ गतेसम्म ऋबलबमब मा आयोजना हुने २०२५ कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्री माननीय रुपा वि.क.लाई स्वीकृति प्रदान गर्ने,
८. शिक्षक महासंघको मागलाई देहायबमोजिम संबोधन गर्नेः
१. शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने,
२. अस्थायी प्रकृतिका शिक्षक (राहत, अस्थायी / करार साबिक उमावि, सिकाइ अनुदान, प्राविधिक धार विशेष शिक्षा र बालविकास सहजकर्ता) को बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम सेवाबाट अलग हुँदाका बखत एकमुष्ट रूपमा प्रदान गर्ने,
३. प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोकिएबमोजिम व्यवस्था गर्ने,
४. आगामी आ.व. २०८२ / ८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकका लागि निजामती सरह ग्रेड सङ्ख्या र रकम कायम गर्ने,
५. स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी / करार साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानूनबमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने,
६. सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने,
७. नेपाल सरकारको मर्यादाक्रमको सूचीमा शिक्षकहरूलाई समावेश गर्ने,
८. नेपाल शिक्षक महासंघको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, पत्रकार तथा कर्मचारीहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने,
९. निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुने गरी कायम गर्ने,
९. एकिकृत अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्नेसम्बन्धी विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने,
१०. स्वास्थ्य बीमा बोर्ड, गेटा अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र डडेल्धुरा अस्पतालको आ.व. २०८१/८२ को लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने,
११. नेपाल हज समिति (गठन तथा सञ्चालन) आदेश, २०८१ स्वीकृत गर्ने,
१२. बालबालिका सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने,
१३. नेपाल स्मार्ट शहरसम्बन्धी सूचकहरू, २०८१ स्वीकृत गर्ने,
१४. स्वाथ्य बीमा (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने,









