ललितपुर । ललितपुरको सातदोबाटो–हात्तीवन सडकमा कारको ठक्करबाट बिजुलीको पोल भाँच्चिएको छ। उक्त पोल सडकमा पुगेपछि यातायात आवागमन बन्द गरिएको छ।
पोलमा ठोक्किएको कारमा सवार तीन जना घाइतेलाई बीएण्डबी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।
ललितपुर प्रहरीका अनुसार गएराति बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किएको हो। मापसे गरी सवारी चलाउँदा कार दुर्घटना भएको प्रहरीको भनाइ छ।
कारको अगाडिको भाग क्षतिग्रस्त छ। दुर्घटनाको प्रकृति हेर्दा कार तीव्र गतिमा भएको अनुमान गर्न सकिने प्रहरीको भनाइ छ।










