काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य बहादुर थापा क्षेत्रीले सत्ता साझेदारबिच संयन्त्रको अभ्यासमा समस्या भए खारेज गर्न सुझाव दिएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा उनले नेपाली कांग्रेसका नेताहरूको असन्तुष्टिप्रति संकेत गर्दै दुई दलको सहमतिमा नै काम भइरहेको बताए ।
उनले भने, विमतिमा एउटै काम भएको छैन । अनि कसरी अखबारबाजी भएको देख्छु, एमालेकरण भयो । सत्ता साझेदारबीच संयन्त्रको अभ्यास समस्या भयो भन्ने लागेको छ भने प्रमुख नेताहरू बसेर छलफल गरेर त्यसलाई खारेज गरे हुन्छ, विघटन गरे हुन्छ,”।
उनले अहिले सत्ता गठबन्धनको विपरीतमा कुनै काम नभएको दाबी गर्दै सरकार एमालेकरण भयो भन्नु गलत भएको उल्लेख गरे ।









