गाडी जमिनमुनि भासिएर बेपत्ता भएको स्थानमा भूगर्भविद्‍ले थाले अध्ययन



काठमाडौं । हेटौंडा उपमहानगरपालिका गैरीगाउँमा जमिन भासिएर गाडी नै बेपत्ता भएको क्षेत्रको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली आइपुगेको छ ।

मंगलबार बिहान हेटौडा आइपुगेको टोलीले काम सुरु गरेको हो ।

शुक्रबार दिउँसो ना ४ च ४८३३ नम्बरको सिंगल क्याब बोलेरो पिकअप गाडी गुड्दागुड्दै जमिनमा भासिएर बेपत्ता भएको थियो । सो गाडीको खोजी जारी राखिए पनि अहिलेसम्म भेटिएको छैन ।

विभागका भूगर्भविद् नारायण अधिकारीले घटना स्थलको भौगोलिक अवस्था, माटोको सतह र घटनाको कारणबारे तथ्यांकीय अध्ययन गर्ने बताए ।

प्रकाशित मिति : बैशाख २३, २०८२ मंगलबार  १० : ५० बजे