लाकुरीभन्ज्याङको टेरेस रिसोर्टमा लडेका थिए प्रचण्ड



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफन्तका साथमा मंगलबार राति लाकुरी भन्ज्याङ पुगेका थिए।

आफन्तको विवाहको कार्यक्रका लागि उनी लाकुरी भन्ज्याङको टेरेस रिसोर्ट पुगेका थिए। उनीहरूको साथमा प्रचण्डका घरबेटी शारदा अधिकारी पनि पुगेका थिए।

मंगलबार राति अबेरसम्म खानपान गरेर उनी राति टेरेस रिसोर्टमा सुतेको खुलेको छ। त्यही रिसोर्टभित्र प्रचण्ड लडेका थिए। त्यसपछि उतैबाट उनलाई अस्पताल पुर्‍याइएको थियो।

राती अबेरसम्म खानपानमा रमाएका प्रचण्ड मध्यरातमा लडेका थिए। उनको टाउकोमा चोट लागेको थियो। त्यसपछि तुरुन्तै उनलाई मेडिसिटी अस्पताल पुर्‍याइएको थियो।

अस्पतालमा उपचारपछि उनलाई अहिले खुमलटार लगिएको छ। बुधवार सुदुरपश्चिमका सांसदहरुले भेट्ने काम रद्द गरिएको छ।

प्रचण्की छोरी गंगा दाहालले बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै बुवा बाथरुममा लडेको जानकारी गराएकी थिइन्। उनले ठाउँ खुलाएकी छैनन्। प्रचण्डको निधारको बाहिरी भागमा सामान्य चोट लागेको उनले बताएकी छन्।

प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले घरमै लडेको दावी गरेका छन्।

टेरेस रिसोर्ट विलासी रिसार्टमा पर्छ।

प्रकाशित मिति : बैशाख २४, २०८२ बुधबार  ३ : १९ बजे