गभर्नर चाँडै नियुक्ति हुन्छ : सभापति देउवा



काठमाडौं । शुक्रवार निजी निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्ति हुने बताएका छन् ।

बैठकमा देउवाले राष्ट्र बैंकमा गभर्नर नियुक्तिको विषय ढिलो भएको पदाधिकारीको गुनासोपछि अब छिटै नियुक्ति हुने आश्वासन दिएका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा पार्टीका प्रवक्ता डा. प्रकाशशशरण महतले सभापति देउवाको भनाइ उद्धृत गर्दै भने, ‘राष्ट्र बैंकको विषय यो निकै ढिलो भएको छ भन्ने चासो प्रकट भयो । नेतृत्वले, सभापतिज्यूले यो चाँडै टुङ्गिन्छ भन्नुभएको छ ।

साथै, बैठकमा शिक्षा विधेयक, टीआरसी आयोगहरुको पदाधिकारी नियुक्ति, जम्मू कश्मिरको पहलगाममा भएको आतङ्ककारी हमलालागयतको विषयमा छलफल भएको पनि नेता महतले बताए ।

प्रकाशित मिति : बैशाख २६, २०८२ शुक्रबार  १ : २१ बजे