माधव नेपालको मुटुको एन्जिओप्लास्टी गरियो



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको एन्जिओप्लास्टी गरिएको छ।

बिहीबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा नेपालको एन्जिओप्लास्टी गरिएको हो।

एन्जियोप्लास्टी भनेको रक्त नली ९खासगरी मुटुको रक्त नली० मा भएको अवरोध हटाउने चिकित्सा प्रक्रिया हो। नेपालको मुटुको समस्या पहिल्लादेखि नै थियो।

मुटुको उपचारपछि नेपाललाई केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन्।

प्रकाशित मिति : बैशाख २६, २०८२ शुक्रबार  २ : ५१ बजे