काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि जेठ १५ गते राजावादीको सपना साकार नहुने बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथि सांसदका प्रश्नको जवाफ दिने क्रममा उनले कुनै पनि जेठ १५ गते प्रतिगामी सपना पूरा नहुने बताएका हुन् ।
उनले भने, “यसपल्टको जेठ १५ गते होइन, अब आउने कुनै पनि जेठ १५ गते पर्खनुस्, तपाईंहरूको सपना साकार हुने छैन । प्रतिगामी सपना काम लाग्दैन । त्यसमा जोड नगर्न आग्रह गर्दछु,” ।
प्रधानमन्त्री ओलीले प्रतिगामी सपना काम नलाग्ने र यसमा जोड नगर्न राजावादीहरूलाई आग्रह गरे।









