काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसक्नुले राष्ट्रकै बेइज्जत भइरहेको टिप्पणी गरेकी छन् ।
आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले गभर्नर नियुक्तिको विषयले राष्ट्रकै बेइज्जती भइसकेको बताईन् । उनले योग्य र सक्षम व्यक्तिलाई तत्काल गभर्नर नियुक्ति गर्न आग्रह गरेकी छन् ।
‘दुई तिहाइको यति बलियो सरकारले एउटा गभर्नर नियुक्त गर्न नसक्नुको कारण के होला रु गभर्नर नियुक्तिको सन्दर्भमा बाहिर जुन चर्चा भइरहेको छ । सरकारमा आवद्ध दलहरुको दलगत स्वार्थ नमिलेर अथवा अरु विभिन्न कारणले गर्दा भर्नर नियुक्ति हुन सकिरहेको छैन भन्ने कुरा बाहिर आइरहेको छ । यसले राष्ट्रकै बेइज्जत भइरहेको छ । त्यसकारण राष्ट्रको बेइज्जती नगर्न र सक्षम, योग्य व्यक्तिलाई भर्नर नियुक्त गर्न आग्रह गर्छु,’– उनले भनिन् ।









