काठमाडौं । संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दामाथिको बहस सकिएको छ ।
बहस सकिएसँगै सर्वोच्चको संवैधानिक इजलासले जेठ २८ गते फैसला सुनाउने मिति तोकेको छ ।
साढे चार वर्ष पुरानो मुद्दाको बिहीबार बहस सकिएपछि दुवै पक्षका वकिलहरूलाई यही जेठ १६ गतेभित्र बहस नोट पेस गर्न आदेश भएको छ ।
संवैधानिक परिषद सम्बन्धी ऐनलाई अध्यादेशमार्फत संशोधन गरेर तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसदीय सुनुवाइ विनै पदाधिकारी नियुक्त गरेका थिए।
त्यसविरुद्ध परेका रिटहरूमा जारी सुनुवाइ बिहीबार सकिएको हो।









