तोलामा १७ सय रुपैयाँले बढ्यो सूनको मूल्य



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।

आज (बिहीबार) सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेको हो ।

छापावाल सुन तोलाको एक लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ ८, २०८२ बिहीबार  १० : ५४ बजे