काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














