बढेन कर्मचारीको तलब, महँगी भत्ता पाँच हजार



काठमाडौं । यस वर्ष सरकारी कर्मचारीको तलब बढ्ने अपेक्षा गरिएको भए पनि तलब नबढ्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत व्यवस्थापनको दबाबले तलब बढाउन नसकिए पनि भत्ता बढाइएको बताए ।

“राष्ट्रसेवकको सेवासुविधा समयसापेक्ष बनाउनुपर्ने आवश्यकता बोध भए पनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षाअनुरूप तलब वृद्धि गर्न सम्भव भएन,” उनले भने ।

महँगी भत्ता बढाएर ५ हजार पुर्‍याएको जानकारी उनले दिए ।

उनका अनुसार साउन १ गतेदेखि लागु हुने गरी महँगी भत्ता पाँच हजार पुर्‍याइने उनले बताए ।

प्रकाशित मिति : जेष्ठ १५, २०८२ बिहीबार  ६ : ०६ बजे