तोलामा तीन हजार रुपैयाँले घट्यो सूनको मूल्य



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तीन हजार रुपैयाँले घटेको छ ।

शुक्रबारको तुलनामा आज सुनको मूल्यमा भारी गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मूल्य १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी २ हजार १४५ रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित मिति : जेष्ठ २५, २०८२ आईतबार  ११ : ३७ बजे