काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो ।
आज सुन प्रतितोला एकलाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेर दुईहजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।














