सुनको मूल्य बढ्यो, तोलामा कति पूग्यो ?



काठमाडौं । स्थानिय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आज सुन प्रतितोला १३ सय रुपैयाँले बढेको हो ।

आज सुन एकलाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला दुईहजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ २८, २०८२ बुधबार  ११ : ५५ बजे