नेप्सेमा सामान्य अंकको गिरावट



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से परिसूचक) ९.०८ अंकले घटेको छ ।

आज नेप्से परिसूचक ०.३४ प्रतिशतले घटेर २६५५.३८ विन्दुमा पूगेको हो ।

यस दिन १२ अर्ब ५१ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बैंकिङ ०.६२, विकास बैंक १.००, लगानी ०.४१, जीवन बीमा ०.५१, उत्पादन तथा प्रशोधन ०.५१, माइक्रोफाइनान्स ०.४४, निर्जीवन बीमा ०.४८, अन्य ०.२९ तथा व्यापार १.०९ प्रतिशत घटे ।पियोर इनर्जीको मूल्य १० प्रतिशत घट्यो । चन्द्रागिरि हिल्सको ६.७८, रसुवागढी हाइड्रोपावरको ५.९९, तेह्रथुम पावरको ५.९९, नेपाल फाइनान्सको ४.९७ प्रतिशत मूल्य बढ्यो ।

९९ कम्पनीको सेयर मूल्य बढेको छ । १४९ कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : जेष्ठ २९, २०८२ बिहीबार  ४ : ०० बजे