मंगलबार सामान्य अंकले घट्यो सेयर बजार, सात अर्ब ६५ करोडको कारोबार



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से परिसूचक) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ३.९० अंकले घटेर २,६५४.७५ विन्दुमा पूगेको हो ।

यस दिन सात अर्ब ६५ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बैंकिङ ०.४५, विकास बैंक ०.२०, फाइनान्स ०.४९, होटल तथा पर्यटन १.५८, लगानी ०.४३, जीवन बीमा ०.४७, उत्पादन तथा प्रशोधन ०.१४, निर्जीवन बीमा ०.२५ तथा अन्य ०.१५ प्रतिशत घटे ।पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै बुटवल पावरको ७.७३, सामुदायिक लघुवित्तको ७.१३, अपरहेवाखोलाको ५.२८ तथा विन्ध्यबासिनी हाइड्रोपावरको ५.१६ प्रतिशत बढ्यो ।

आज ९९ कम्पनीको सेयरमूल्य बढेको छ भने १४८ कम्पनीको सेयरमूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति : असार ३, २०८२ मंगलबार  ४ : १७ बजे