काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सम्पत्ति विवरण बुझाएका छन्। राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि पौडेलले बुझाएको सम्पत्ति विवरणमा ललितपुर नवलपरासीमा घर र जग्गा,४५ तोला सुन र १५ लाखको हिराका गहना रहेको छ।
पौडेलकी श्रीमती प्रतिभा शर्माको नाममा ललितपुरको सैंबु र नवलपरासी गैंडाकोटमा एकरएकवटा घर र जग्गा रहेको छ। प्रतिभाको नाममा ४५ तोला सुन र १५ लाख मूल्य बराबरको हिराका गहना रहेका छन्।
यसैगरी विभिन्न बैंक वित्तीय तथा सहकारी संस्थामा पौडेल र उनकी श्रीमतीको नाममा २० लाख ६८ हजार ९०५ रुपैयाँ मौज्दा रहेको छ। दुवैको नाममा ४ हजार ५१३ अमेरिकी डलर रहेको पनि विवरणमा उल्लेख छ।
पौडेलले धितोपत्र,सेयर वा ऋणपत्रमा पनि लगानी गरेका छन्। उनले करिब साढे १५ लाख कित्ता सेयररऋणपत्रमा लगानी गरेका छन्। विभिन्न सातवटा कम्पनीहरूमा उनको र श्रीमतीको नाममा १५ लाख ३६ हजार ५ सय ८९ कित्ता सेयर रहेको छ।
पौडेलका अनुसार सानिमा बैंक,सानिमा माइ हाइड्रोपावर,सानिमा मिडल तमोर हाइड्रोपावर,ग्लोबेको प्रालि,संयुक्त उर्जा हाइड्रोपावर,चितवन,चितवन इनर्जि लिमिटेड र ग्लोबेको प्रालिमा प्रवर्द्धक र साधारण सेयर रहेको छ।
श्रीमतीको नाममा ४४ लाख रुपैयाँ बराबरको एउटा सुजुकी गाडी रहेको पनि विवरणमा उल्लेख छ। पुराना गाडी बिक्री र स्वआर्जनबाट उक्त गाडी खरिद गरेको सम्पत्ति विवरणमा उल्लेख छ। विवरण अनुसार पौडेलको नाममा ऋण छैन।