बिहीबार सेयर बजार ४.४५ अंकले घटेर २५९५.७५ विन्दुमा



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से परिसूचक)साताको अन्तिम कारोबारको दिन बिहीबार ४.४५ अंकले घटेको छ । ०.१७ प्रतिशतको गिरावटसहित बजार मापक २५९५.७५ विन्दुमा पूगेको हो ।

यस दिन ७ अर्ब ७८ करोड २ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

आज ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र बरुण हाइड्रोपावर कर्पोरेट लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै, ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड कम्पनीको सेयरमा सबैभन्दा बढी गिरावट आएको छ।

यस दिन १५५ कम्पनीको सेयर मूल्य घटेको छ भने ९३ कम्पनीको सेयर मूल्य बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति : असार १२, २०८२ बिहीबार  ४ : १५ बजे