काठमाडौं । स्थानिय बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको हो ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ९०० रुपैयाँ कायम छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबारभएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।














